Senior Account Officer (बरिष्ठ लेखा अधिकृत-लेखा)

Nagarik Stock Dealer Company
Kathmandu, Nepal

बरिष्ठ लेखा अधिकृत (तह-७):

 

शैक्षिक योग्यता र अनुभव: 

 मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन वा वाणिज्यशास्त्र संकायमा कम्तीमा 55 प्रतिशत वा सिजिपिए 3.00 प्राप्त गरी स्नातकोत्तर तह उत्तीर्ण गरेको वा सि.ए. (कम्तिमा स्नातक तह समेत उत्तीर्ण) गरेको र संगठित संस्था वा पुँजीबजारसंग सम्बन्धित संस्थामा अधिकृत स्तरमा कम्तीमा तीन वर्ष काम गरेको अनुभव हासिल गरेको । साथै ICT (Information and Communication Technology) सम्वन्धी ज्ञान भएको ।

 

कार्य भूमिका र जिम्मेवारीहरू

  • कम्पनीको आर्थिक कारोबारहरुको व्यवस्थित रुपमा अभिलेख राख्न लगाउने र ती कार्यहरु प्रचलित नियम कानुन र प्रकृया अनुरुप हुने गरेको छ छैन सुपरिवेक्षण गर्ने ।
  • कम्पनीको आर्थिक कारोबारहरुको अभिलेख प्रचलित लेखा मापदण्ड अनुरुप सहि रुपमा राख्नको लागि आवश्यक चार्ट अफ एकाउन्ट (लेखा शिर्षकहरु) तयार गर्ने ।
  • लेखा मार्ग दर्शन (Accounting Manual) विकास गर्न लगाउने ।
  • त्रैमाशिक, अर्धवार्षिक र वार्षिक वित्तीय विवरणहरु तयार गर्ने ।
  • नियामक निकायमा पेश गर्नु पर्ने आवधिक प्रतिवेदन तयार गर्ने ।
  • कम्पनीको नीति कार्यक्रम र निर्देशिका बमोजिम बजेट तर्जुमा गर्ने ।
  • बजेटको मध्यावधि तथा वार्षिक समिक्षा गरी प्रतिवेदन तयार गर्ने ।
  • आन्तरिक तथा वाह्य लेखा परिक्षण गराउने ।
  • प्रचलित कानुन बमोजिम कर, शुल्क र महशुलहरु भुक्तानीकालागि आवश्यक व्यवस्था मिलाउने ।
  • वित्त व्यवस्थापन सम्बन्धमा भए गरिएका कारोबारहरुको प्रतिवेदन वरिष्ठ अधिकृत मार्फत प्रमुख कार्यकारी अधिकृत समक्ष पेश गर्ने ।
  • कम्पनीले संचालन गरेका स्रोतहरुको अध्यावधिक अभिलेख राख्ने ।
  • लगानी हिसावको विश्लेषण सहितको प्रतिवेदन पेश गर्न ।
  • कम्पनीको आर्थिक प्रशासन विनियमावली बमोजिमका प्रावधानहरुको पालनामा पूर्ण कटिबद्ध रही सोहि अनुरुप आर्थिक कारोबार संचालन गर्ने गराउने ।
  • कम्पनीले विभिन्न प्रयोजनकालागि खोलिएका बैंङ्क खाताहरुको नियमित रुपमा रिकन्सीलेसन् गरी ति हिसाबहरुलाई अध्यावधिक बनाई राख्ने ।
  • कम्पनीको नाममा खोलिएका बैंङ्क खाताहरु संयुक्त रुपमा संचालन गर्ने ।
  • कम्पनीले को नाममा खोलिएका मूद्दती खाताहरुको आवश्यकतानुसार नविकरण गर्ने, म्याद भुक्तानी हुन अगावै रकम झिक्ने निर्णय भएमा निर्णय अनुसार मुद्दती हिसाब बन्द गर्ने ।
  • कम्पनीले जारी गरेका वन्ड/डिवेन्चरको अभिलेख राख्ने र पाकेको ब्याज समयमै भुक्तानी दिने ।
  • कम्पनीले खडा गरेका कोष (Fund) हरुको अभिलेख राख्ने ।
  • समय समयमा व्यवस्थापनले लगायका कामहरु गर्ने ।

 

उम्मेद्वारको उमेरको हद: निवेदन दिने अन्तिम मितिमा अधिकृत स्तर सातौं तहको हकमा २१ वर्ष पुरा भई ४० वर्ष ननाघेको।

 

उम्मेदवारको छनौट विधिः तह ७ को हकमा लिखित, प्रस्तुतिकरण र अर्न्तवार्ता । लिखितमा उत्तीर्ण उम्मेदवारहरुलाई मात्र बाँकी छनौट प्रक्रियामा सहभागी गराईनेछ ।

 

करार अवधिः १ बर्ष, आवश्यकता र कार्यक्षमताको आधारमा थप गर्न सकिनेछ ।

 

कर्मचारीको पारिश्रमिक तथा अन्य सुविधा: कम्पनीको प्रचलित नियमानुसार हुनेछ ।

 

परिक्षाको पाठ्यक्रम, परिक्षा सञ्चालन हुने मिति र परिक्षा केन्द्रः छोटो सूचीमा परेका (Shortlisted) उम्मेदवारहरुलाई ईमेल मार्फत जानकारी गराईनेछ ।

 

आवेदनसाथ पेश गर्नुपर्ने कागजात तथा विवरणहरु: आवेदकले कम्पनीले तोकेको Online दरखास्त फाराममा भर्नुपर्ने सम्पूर्ण विवरण भरी सो साथ तोके बमोजिम कागजातहरुको Scan गरी Attach गर्नुपर्नेछ । रित नपुगेको, आवश्यक न्यूनतम शैक्षिक योग्यता नभई पेश भएको दरखास्त उपर कुनै कारबाही हुने छैन । झुटा विवरण उल्लेख गरी Online मार्फत दरखास्त फाराम भरेमा सो को जवाफदेही दरखास्तवाला स्वयं हुनुपर्नेछ ।

 

धितोपत्र दलाल वा पुँजीबजारसँग सम्बन्धित संस्थामा कार्य गरेको अनुभवलाई विशेष ग्राह्यता दिइने छ 

 

उम्मेदवारहरूले प्रदान गरेको उत्तरहरूको आधारमा छोटो सूची गरिनेछ । आवेदन स्वीकृत, अस्वीकृत तथा विज्ञापन रद्द गर्ने सम्पूर्ण अधिकार कम्पनीलाई हुनेछ ।

 

Source: Merojob


Job Detail Expired

  • Job Type :

    Full Time

  • Salary :

    Not Disclosed

  • Experience :

    3 - 4 (Years)

  • No. of Vacancy :

  • Min. Education :

    Bachelor Degree

  • Last Date to Apply :

    August 23, 2023


Contact Detail

Email :
Website : https://merojob.com/senior-accounts-officer-21
Mobile :
Alternate Mobile :

Sign In