Assistant (सहायक-प्रशासन)

Nagarik Stock Dealer Company
Kathmandu, Nepal

सहायक (तह-४): 

 

शैक्षिक योग्यता र अनुभव: 

मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन संकाय वा मानविकी संकाय अर्न्तगत अर्थशास्त्र मुल बिषय लिई कम्तीमा 55 प्रतिशत वा सिजिपिए 3.00 प्राप्त गरी दश जोड दुई उतिर्ण गरेको र संगठित संस्था वा पुँजीबजारसँग सम्बन्धित संस्थामा कम्तीमा एक वर्ष काम गरेको अनुभव भएको साथै मान्यता प्राप्त संस्थाबाट कम्तीमा ३ महिनाको आधारभुत कम्प्युटर तालिम प्राप्त गरेको ।

 

कार्य भूमिका र जिम्मेवारीहरू

  • कम्पनीको मुख्य कार्य धितोपत्र खरिद विक्री कारोबार भएको हुँदा उक्त कार्यमा सरिक हुने कर्मचारीहरुको देहाय बमोजिमको कार्य सम्पादन गर्नु पर्ने छ ।
  • कारोबारका दिनमा ट्रेडिङ्ग रुममा छिर्नु अघि उक्त दिनमा खरिद वा विक्री गर्ने उपकरण (Script) हरुको परिमाण मूल्यको रेन्ज आदीको विवरण सम्वन्धित सुपरिवेक्षकबाट प्राप्त गर्ने र उक्त विवरणहरुको गोप्यता कायम गर्नु पर्ने ।
  • सुपरिवेक्षकले उपलब्ध गराएको विवरण वा थप विवरणको सम्बन्धमा केही दुविधा भएमा सुपरिवेक्षकसँग मात्र छलफल गरी स्पष्ट हुनु पर्नेछ ।
  • कारोबार सुरुहुनु पूर्व आफ्ना संचारका साधनहरु कम्पनीले उपलब्ध गराएको लकरमा राखि कारोबार कक्षमा प्रवेश गरी आफुले प्रयोग गर्ने गरेको कम्प्युटर नेटवर्किङ्ग प्रणाली ठिक छ छैन जाँच गरी अध्यावधि राख्नु पर्दछ र केही समस्या देखिएमा तत्काल सुपरिवेक्षकलाई जानकारी गराउनु पर्नेछ ।
  • खरिद विक्रीका लागि सुपरिवेक्षकले उपलब्ध गराएको विवरण अनुसार आदेश पोष्टिङ्ग गर्दा संख्या, मूल्य आदीको राम्ररी परिक्षण गरी एकिन भए पश्चात् मात्र सिस्टममा प्रविष्टि गरी त्यसको Status Follow-up  गर्नु पर्ने ।
  • खरिद या विक्री कार्य गर्दा खरिद विक्री गरिने शेयरको बजारमा देखिएको माग (Buy) र आपूर्ति (Sale) को चापलाई विश्लेषण गरी उचित समयमा ती  कारोबारहरु सम्पन्न गर्नु पर्नेछ ।
  • कारोबारको सिलसिलामा System मा Buy र Sales Order लाई Edit गर्नु पर्ने भएमा सो को जानकारी सुपरिवेक्षकलाई दिनु पर्नेछ ।
  • प्रत्येक Buy र Sales को Order लाई Log Book  कायम गरी कारोबार समय पश्चात् हस्ताक्षर गरी सुपरिवेक्षकलाई दिनु पर्नेछ ।
  • ट्रेडरले आफुले गरिने कृयाकलापहरुको गोप्यता कायम गर्ने सम्बन्धमा उच्च सर्तकता अपनाउनु  पर्नेछ  ।
  • कम्पनीको आन्तरिक तथा आर्थिक प्रशासन सम्बन्धी काम गर्नु पर्नेछ । कम्पनीबाट पत्राचारको लागि पत्रको मस्यौदा तयार गर्ने, पत्रहरुको दर्ता चलानी गर्ने, कारोबारहरुको अभिलेख राख्ने , कर्मचारीहरुको Personal File हरु खडा गर्ने ।
  • लेखा अधिकृतको सहायकको रुपमा कार्य गरी आवधिक रुपमा तयार गरीने वित्तीय विवरणहरु तयार गर्ने कार्यमा सहयोग गर्ने ।
  • धितोपत्र विश्लेषकहरुको विश्लेषण सम्बन्धी कार्यको साथै दैनिक प्रतिवेदन तयार गर्ने कार्यमा सहयोग गर्ने ।
  • व्यवस्थापनबाट भएको निर्णय बमोजिम कोषहरुको संकलन, परिचालन र लगानी सम्बन्धमा आवश्यक पत्राचार गर्ने ।
  • प्रमुख कार्यकारी अधिकृतको सचिवालय सम्बन्धी काम गर्ने ।
  • समय समयमा व्यवस्थापनले लगायका अन्य कामहरु गर्ने

 

उम्मेद्वारको उमेरको हद: निवेदन दिने अन्तिम मितिमा  सहायक स्तरको हकमा १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको।

 

उम्मेदवारको छनौट विधिः तह ४ को हकमा लिखित, कम्प्यूटर सीप परीक्षण र अर्न्तवार्ता । लिखितमा उत्तीर्ण उम्मेदवारहरुलाई मात्र बाँकी छनौट प्रक्रियामा सहभागी गराईनेछ ।

 

करार अवधिः  १ बर्ष, आवश्यकता र कार्यक्षमताको आधारमा थप गर्न सकिनेछ ।

 

कर्मचारीको पारिश्रमिक तथा अन्य सुविधा: कम्पनीको प्रचलित नियमानुसार हुनेछ ।

 

परिक्षाको पाठ्यक्रम, परिक्षा सञ्चालन हुने मिति र परिक्षा केन्द्रःछोटो सूचीमा परेका (Shortlisted) उम्मेदवारहरुलाई ईमेल मार्फत जानकारी गराईनेछ ।

 

आवेदनसाथ पेश गर्नुपर्ने कागजात तथा विवरणहरु: आवेदकले कम्पनीले तोकेको Online दरखास्त फाराममा भर्नुपर्ने सम्पूर्ण विवरण भरी सो साथ तोके बमोजिम कागजातहरुको Scan गरी Attach गर्नुपर्नेछ । रित नपुगेको, आवश्यक न्यूनतम शैक्षिक योग्यता नभई पेश भएको दरखास्त उपर कुनै कारबाही हुने छैन । झुटा विवरण उल्लेख गरी Online मार्फत दरखास्त फाराम भरेमा सो को जवाफदेही दरखास्तवाला स्वयं हुनुपर्नेछ ।

 

धितोपत्र दलाल वा पुँजीबजारसँग सम्बन्धित संस्थामा कार्य गरेको अनुभवलाई विशेष ग्राह्यता दिइने छ ।

 

उम्मेदवारहरूले प्रदान गरेको उत्तरहरूको आधारमा छोटो सूची गरिनेछ । आवेदन स्वीकृत, अस्वीकृत तथा विज्ञापन रद्द गर्ने सम्पूर्ण अधिकार कम्पनीलाई हुनेछ 

 

Source: Merojob


Job Detail Expired

  • Job Type :

    Full Time

  • Salary :

    Not Disclosed

  • Experience :

    1 - 2 (Years)

  • No. of Vacancy :

  • Min. Education :

    10+2

  • Last Date to Apply :

    August 23, 2023


Contact Detail

Email :
Website : https://merojob.com/assistant-125
Mobile :
Alternate Mobile :

Sign In