Administrative Officer (प्रशासन अधिकृत)

Nagarik Stock Dealer Company
Kathmandu, Nepal

प्रशासन अधिकृत (तह-६): 

 

शैक्षिक योग्यता र अनुभव: 

मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन संकाय वा मानविकी संकाय अर्न्तगत अर्थशास्त्र मुल बिषय लिई कम्तीमा 55 प्रतिशत वा सिजिपिए 3.00 प्राप्त गरी स्नातकोत्तर तह उत्तीर्ण गरेको र संगठित संस्था वा पुँजीबजारसँग सम्बन्धित संस्थामा कम्तीमा दुई वर्ष काम गरेको अनुभव हासिल गरेको । साथै, ICT (Information and Communication Technology) सम्बन्धी ज्ञान भएको ।

 

कार्य भूमिका र जिम्मेवारीहरू

  • आवधिक वित्तीय विवरण एवं नियमन निकायले तोके बमोजिमका प्रतिवेदन तयार गर्न लगाई तोकिएको समय भित्रै ती प्रतिवेदनहरु पेश गर्ने।
  • कम्पनीको क्रियाकलाप संचालनकालागि आवश्यक सामान, कम्प्युटर उपकरण, सफ्टवेयर आदि खरिदका लागि प्रचलित कानून अनुसार खरिद गर्न सहयोग गर्ने .
  • त्रैमासिक, अर्धवार्षिक, वार्षिक रुपमा बजेट समिक्षा गर्न सहयोग गर्ने ।
  • कम्पनीले लिएका नीति तथा प्रकृयाहरु परिपालन भए नभएको अध्ययन गरी प्रतिवेदन तयार गर्न सहयोग गर्ने ।
  • उप-प्रबन्धक,प्रशासनको अनुपस्थितिमा निजको जिम्मेवारी वहन गर्ने ।
  • आन्तरिक एवं वाह्य लेखा परिक्षण गर्ने कार्यमा आवश्यक सहजकर्ताको भुमिका निभाउने ।
  • कम्पनीको नियमित कारोबार संचालन गर्दा देखिएका समस्याहरुलाई समाधानका लागि पहल गर्ने।
  • धितोपत्र खरिद विक्री कारोबार संचालन गर्न तोकिएको Trade Room को गोप्यता कायम राख्न Trader हरुको आचरण व्यवहार आदीको अध्ययन गरी गर्न सहयोग गर्ने ।
  • सुरक्षाका न्युनतम उपकरणहरु जडान, मर्मत संभारमा ध्यान दिई समयमै गर्न लगाउने ।
  • समय समयमा व्यवस्थापनले लगायका कामहरु गर्ने ।

 

उम्मेद्वारको उमेरको हद: निवेदन दिने अन्तिम मितिमा अधिकृत स्तर छैठौं तहको हकमा २१ वर्ष पुरा भई ४० वर्ष ननाघेको।

 

उम्मेदवारको छनौट विधिः तह ६ को हकमा लिखित, कम्प्यूटर सीप परीक्षण र अर्न्तवार्ता । लिखितमा उत्तीर्ण उम्मेदवारहरुलाई मात्र बाँकी छनौट प्रक्रियामा सहभागी गराईनेछ ।

 

करार अवधिः १ बर्ष, आवश्यकता र कार्यक्षमताको आधारमा थप गर्न सकिनेछ ।

 

कर्मचारीको पारिश्रमिक तथा अन्य सुविधा: कम्पनीको प्रचलित नियमानुसार हुनेछ ।

 

परिक्षाको पाठ्यक्रम, परिक्षा सञ्चालन हुने मिति र परिक्षा केन्द्रः छोटो सूचीमा परेका (Shortlisted) उम्मेदवारहरुलाई ईमेल मार्फत जानकारी गराईनेछ ।

 

आवेदनसाथ पेश गर्नुपर्ने कागजात तथा विवरणहरु: आवेदकले कम्पनीले तोकेको Online दरखास्त फाराममा भर्नुपर्ने सम्पूर्ण विवरण भरी सो साथ तोके बमोजिम कागजातहरुको Scan गरी Attach गर्नुपर्नेछ । रित नपुगेको, आवश्यक न्यूनतम शैक्षिक योग्यता नभई पेश भएको दरखास्त उपर कुनै कारबाही हुने छैन । झुटा विवरण उल्लेख गरी Online मार्फत दरखास्त फाराम भरेमा सो को जवाफदेही दरखास्तवाला स्वयं हुनुपर्नेछ ।

 

धितोपत्र दलाल वा पुँजीबजारसँग सम्बन्धित संस्थामा कार्य गरेको अनुभवलाई विशेष ग्राह्यता दिइने छ ।

 

उम्मेदवारहरूले प्रदान गरेको उत्तरहरूको आधारमा छोटो सूची गरिनेछ । आवेदन स्वीकृत, अस्वीकृत तथा विज्ञापन रद्द गर्ने सम्पूर्ण अधिकार कम्पनीलाई हुनेछ ।

 

Source: Merojob


Job Detail Expired

  • Job Type :

    Full Time

  • Salary :

    Not Disclosed

  • Experience :

    2 - 3 (Years)

  • No. of Vacancy :

  • Min. Education :

    Bachelor Degree

  • Last Date to Apply :

    August 23, 2023


Contact Detail

Email :
Website : https://merojob.com/administration-officer-66
Mobile :
Alternate Mobile :

Sign In