Parental Motivator

Centre for Educational Policies and Practices (CEPP)
Chandranagar RM, Sarlahi, Nepal

Position: Parental Motivator (अभिभावक शिक्षा उत्प्रेरक)


Duty Station: Chandranagar RM, Sarlahi  

 

Term of Appointment: Annual contract, open ended and performance dependent.


Remuneration: Negotiable - performance-based within a framework. 


Start Date: To be started immediately. 

 

कामहरु:

 

वकालत तथा प्रवर्द्धन

  • निम्न लिखित शिक्षाका विषयहरुको  जनसाधारण र स्थानीय नेतृत्वसँग वकालत तथा प्रवर्द्धन गर्ने
  • सार्वजनिक शिक्षा 
  • बालकेन्द्रित/मैत्री शिक्षण
  • मातृभाषा/बहुभाषिक शिक्षण
  • समानता र सकारात्मक भेदभाव 
  • शिक्षण पेशाको मर्यादा, गरिमा
  • अभिभावक तथा स्थानीय नेतृत्वको भूमिका
  • सामुदायिक विद्यालयको सिकाइ उपलब्धि 
  • विद्यालयमा वातावरण किन पढाउनु पर्छ भन्ने कुरा
  • उपयुक्त वातावरण बनाउन उल्लिखित सवाल, विषयहरुमा विव्यस र शिक्षकहरूलाई अभिमुख तथा उत्प्रेरित गर्ने 
  • आधारभूत शिक्षाको अधिकार दावी गर्न अभिभावकहरुलाई उत्प्रेरित गर्ने, सार्वजनिक विद्यालयहरूको पक्षमा विव्यस र शिक्षकहरुसँग  सहयोग र समर्थन जुटाउने ।

 

अन्तरक्रिया ⁄ छलफल 

  • घरघरमा अभिभावकसँग विद्यालयको अवस्था र बालबालिकाको शिक्षाको बारेमा कुराकानी गर्ने ।
  • नियमित र निश्चित अवधिका बैठकमा विव्यसलाई शैक्षिक गुणस्तरका एजेण्डामा छलफल गर्न मदत गर्ने  ।
  • शिक्षक र विव्यसबीच सम्बन्धित एजेण्डा छलफल गराई दुवैको सहमतिमा निर्णय गर्न सहयोग गर्ने । 
  • आवश्यकताअनुसार अभिभावक, शिक्षक तथा अन्य सरोकारवालासँग वातावरण विनासका असर, खाना र बालबालिकाको पोषण, विषादिको असर र परम्परागत सीपहरूको महत्व बारे छलफल गर्ने 
  • छलफलबाट निस्केका निष्कर्ष उपायहरु लागु गर्न सहयोग गर्ने र अनुगमन गर्ने 
  • सम्बन्धित विषयमा विव्यससँग संवाद गर्ने, अभिभावक, शिक्षक र अन्य सरोकारवालाहरूसँग छलफल बैठक सञ्चालन गर्ने र तालिमहरु सञ्चालन गर्न मद्दत गर्ने 
  • विद्यार्थीहरुसँग जीवनउपयोगी सीपका विभिन्त गतिविधि सञ्चालन गर्न मद्दत गर्ने |

 

शिक्षण सिकाइमा सहयोग

  • विद्यालयमा अभिभावक, शिक्षक र विद्यार्थीसँग मिलेर रुख–बिरुवा रोप्ने र रोप्न लगाउने 
  • विद्यालय स्वच्छ र सफा राख्न प्रोत्साहन गर्ने 
  • कक्षाकोठा सुधार गर्न सहयोग गर्ने 
  • विद्यालयको मर्मत सम्भार र सुरक्षा गर्न सहयोग गर्ने, प्रोत्साहन गर्ने
  • स्थानीय सामाग्री र सीपका सामानहरु बनाउन मदत गर्ने |

 

सञ्चार र प्रतिवेदन

  • आवश्यक र सम्बन्धित अन्य एकाइहरूसँग समन्वय र सञ्चार सम्पर्क गर्ने
  • कामको उद्देश्य र प्रयोजन अभिभावक, शिक्षकसम्म पुर्‍याउने 
  • त्रैमासिक प्रतिवेदन तयार गर्ने
  • कार्य क्षेत्रको आवश्यक र सम्बन्धित तथ्यांक संकलन  गर्ने:  सामान्य शैक्षिक सन्दर्भ - कार्यक्षेत्रमा के राम्रो वा नराम्रो भयो
  • हराभरा विद्यालयहरूको प्रगतिको बारेमा: स्थानीय सीप, करेसाबारीको संख्या, रोपेको रूख,  फूल बगैचा |

 

व्यवस्थापन

  • कार्यालय परिसर र व्यक्तिगत वातावरण सफा र संगठित राख्न मद्दत गर्ने 
  • कार्यालय परिसर हराभरा बनाउने, करेसाबारीमा तरकारी लगाउने (अभ्यास गर्ने)
  • राम्रोसँग नोट गरी जानकारी हातमा राख्ने 
  • मासिक,  त्रैमासिक योजना बनाउने । 
  • कार्यालयको सरसामग्रीहरु सुरक्षित राख्ने, रेखदेख गर्ने 
  • कार्यालय प्रोयोजनका लागि प्रिन्ट गर्न, फोटोकपी, स्क्यान गर्न, कम्प्युटरबाट सञ्चार गर्ने (कम्तीमा वर्डमा प्रतिवेदन र एक्सेलमा हिसाब तथा तथ्यांक राख्ने) |

 

अपेक्षित परिणामहरु

  • सामुदायिक विद्यालयको सवाल तथा कामको व्यापकता बढाउने कार्यमा संस्थाको प्रतिनिधिका रुपमा जिम्मेवारी लिएको र पहिचान बनाएको हुने छ । 
  • विद्यालयको भौतिक तथा शैक्षणिक वातावरण रमाइलो/मधुर हुनेछ र अभिभावकहरुको स्कूलप्रतिको दृष्टिकोण सकारात्मक हुनेछ ।
  • संस्थाको कामप्रति समुदाय सकारात्मक हुने छ । 
  • विव्यसहरु नियमित रुपमा बैठक बसेर सम्बन्धित मुद्दाहरुमा विभिन्न तह (विद्यालय, पालिका)मा छलफल गर्ने छन् । 
  • अभिभावकहरु विद्यालयको सवाल, समस्याप्रति सचेत हुनेछन् र नियमित रुपमा विद्यालय जानेछन् (कम्तीमा तीन महिनामा एक पटक)
  • विद्यालयहरुमा शिक्षक र विद्यार्थीहरुको उपस्थिति नियमित हुनेछ ।
  • विद्यालयको शौचालय, कक्षाकोठा परिसर सफा र हराभरा हुनेछ ।
  • विव्यस बैठकको एउटा एजेण्डा गुणस्तर बढाउने र विद्यालय हराभरा बनाउने हुनेछ ।
  • संस्था र आफू,  आफूले गर्ने काम र मूल्यमान्यताले चिनिएका हुने छन् ।  
  • सहकर्मीहरूबीच जानकारीको प्रवाह प्रभावकारी भएको हुनेछ  । 
  • नियमित प्रतिवेदन तयार गरी सम्बन्धितलाई समयमा बुझाएको हुनेछ । 
  • कार्यालय राम्रोसँग राखिएको र हामीले गर्ने काम र मूल्यमान्यता झल्किएको हुनेछ । 
  • हरेक आगन्तुकले महत्व दिइएको महसुस गर्छन् ।
  • कागजातहरू र तथ्यांकहरु खोजेको समयमा प्राप्त गर्न सकने हुन्छ ।
  • कामको मासिक, साप्ताहिक र दैनिक व्यक्तिगत योजना सधैं हुनेछ ।
  • त्रैमासिक प्रगति प्रतिवेदन तयार हुनेछ ।
  • कार्यालय सफा, हराभरा तथा करेसाबारी दुरुस्त हुनेछ ।

 

न्यूनतम आवश्यक योग्यता  

  • विद्यालयसँग काम गर्न सक्ने (शिक्षक, समुदायका प्रौढ र केटाकेटी) 
  • खेतीपाती गरेको, रुचि भएको
  • गाउँको विद्यालय, शिक्षा सुधार गर्ने इच्छा भएको 
  • समूहमा छलफल चलाउन सक्ने
  • परिश्रम, हातले काम गरेको अनुभव भएको
  • लामो समयसम्म गाउँमा बस्न, हिंड्न तयार 
  • सिक्न उत्सुक
  • सामाजिक सां‌स्कृतिक विविधताको सम्मान गर्ने 
  • नेपालको भौगोलिक, सामाजिक सांस्कृतिक विविधता र सवालबारे जानकारी राख्ने
  • नेपालको शिक्षा र कृषि प्रणालीबारे जानकारी भएको
  • सञ्चार साधनको सामान्य ज्ञान
  • १२ कक्षा वा जेटिए कृषिको औपचारिक शिक्षा लिएको 
  • साइकल चलाउन सके राम्रो
  • विपन्न तथा उत्पीडित समूह (दलित, आदिवासी, जनजाति, मुस्लिम, महिला) का सदस्यलाई प्राथमिकता दिइने छ ।

 

Source: Merojob


Job Detail Expired

  • Job Type :

    Full Time

  • Salary :

    Not Disclosed

  • Experience :

    0 - 1 (Years)

  • No. of Vacancy :

  • Min. Education :

    10+2

  • Last Date to Apply :

    July 28, 2023


Contact Detail

Email :
Website : https://merojob.com/parental-motivator
Mobile :
Alternate Mobile :

Sign In