IT Officer (सूचना प्रविधि अधिकृत)

Nagarik Stock Dealer Company
Kathmandu, Nepal

सूचना प्रविधि अधिकृत (तह-६):

 

शैक्षिक योग्यता र अनुभव: 

मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्प्युटर ईन्जिनियरिङ्ग वा कम्प्यूटर विज्ञान वा सूचना प्रविधि (IT) विषयमा कम्तीमा 55 प्रतिशत वा सिजिपिए 3.00 प्राप्त गरी स्नातक तह उतिर्ण र संगठित संस्था वा पुँजीबजारसँग सम्बन्धित संस्थामा कम्तीमा दुई वर्ष काम गरेको अनुभव भएको ।

 

सूचना प्रविधि अधिकृतको मुख्य जिम्मेवारी कम्पनीमा जडान गरिएका सफ्टवेयर, हार्डवेयर र नेटवर्किङ्ग प्रणाली सुचारु रुपमा संचालनमा ल्याई कम्पनीको निर्णय प्रकृयामा सहयोग पुर्याउनु हो । यसका लागि निम्नानुसारका कार्यहरु गर्नुपर्ने छ ।

 

  • कम्पनीको व्यवस्थापकिय सूचना प्रणाली (Management Information System) को प्रभावकारी व्यवस्था गर्ने र सूचना प्रविधीसँग सम्बन्धित विषयमा परामर्श उपलब्ध गराउने ।
  • कम्पनीमा सूचना प्रविधि र आवश्यक Application को उपलब्धता सुरक्षा र प्रभावकारीताको प्रत्याभुति प्रदान गर्ने ।
  • सूचना प्रणाली, नेटवर्क (संजाल) संचार तथा डाटा वेश म्यानेजमेन्टको प्रभावकारी रुपमा संचालनमा ल्याउने ।
  • कम्पनीले खरिद गर्ने सफ्टवोयर, हार्डवोयर, नेटवर्किङ्ग डाटा, Storage Devices आदीको Specification तयार गर्ने, बोलपत्र मूल्याङ्कन , खरिद गरिने सामानहरु छनौटका लागि आवश्यक सुझाव प्रदान गर्ने, खरिद गरिएका प्रविधिहरुको जडान तथा संचालन सम्वन्धी आवश्यक सम्झौताको मस्यौदा तयार गरी स्वीकृत गराउने ।
  • सिस्टम सफ्टवेयर र हार्डवेयरको मर्मत तथा संभार (Preventive Maintenance) कार्यमा आवश्यक समन्वय (Coordinate) गर्ने
  • कम्पनीको वेभसाईट डिजाइन, विकास गरी कार्यन्वयनमा ल्याउनुका साथै अध्यावधिक गर्ने ।
  • कम्पनीमा प्रयोगमा ल्याइएका सूचना प्रविधि सँग सम्वन्धित सफ्टवोयर एवं उपकरणहरुको नियमित मर्मत तथा संभार भए नभएको अभिलेख राखि ती उपकरणहरुको सुरक्षा सम्बन्धी व्यवस्था गर्ने ।
  • कम्पनीले Vendor सित सम्झौता गरी खरिद एवं जडान गरिएका सुचना प्रविधिसँग सम्बन्धित प्रणाली तथा उपकरणमा देखिएका समस्याहरु समयमै समाधानकालागि सम्झौताको शर्त मुताविक गर्न लगाउने ।
  • कम्पनीको धितोपत्र खरिद विक्री कारोबार कक्ष ट्रेडिङ्ग रुपमा कार्यरत कर्मचारीहरुलाई आवश्यक तालिम एवं निजहरुको इन्चार्जको रुपमा कारोबारहरुको निरिक्षण तथा सुपरिवेक्षण गर्ने ।
  • समय समयमा व्यवस्थापनले लगायका अन्य कामहरु गर्ने ।

 

उम्मेद्वारको उमेरको हद: निवेदन दिने अन्तिम मितिमा अधिकृत स्तर  छैठौं तहको हकमा २१ वर्ष पुरा भई ४० वर्ष ननाघेको।

 

उम्मेदवारको छनौट विधिः तह ६ को हकमा लिखित, कम्प्यूटर सीप परीक्षण र अर्न्तवार्ता । लिखितमा उत्तीर्ण उम्मेदवारहरुलाई मात्र बाँकी छनौट प्रक्रियामा सहभागी गराईनेछ ।

 

करार अवधिः १ बर्ष, आवश्यकता र कार्यक्षमताको आधारमा थप गर्न सकिनेछ ।

 

कर्मचारीको पारिश्रमिक तथा अन्य सुविधा: कम्पनीको प्रचलित नियमानुसार हुनेछ ।

 

परिक्षाको पाठ्यक्रम, परिक्षा सञ्चालन हुने मिति र परिक्षा केन्द्रः छोटो सूचीमा परेका (Shortlisted) उम्मेदवारहरुलाई ईमेल मार्फत जानकारी गराईनेछ ।

 

आवेदनसाथ पेश गर्नुपर्ने कागजात तथा विवरणहरु: आवेदकले कम्पनीले तोकेको Online दरखास्त फाराममा भर्नुपर्ने सम्पूर्ण विवरण भरी सो साथ तोके बमोजिम कागजातहरुको Scan गरी Attach गर्नुपर्नेछ । रित नपुगेको, आवश्यक न्यूनतम शैक्षिक योग्यता नभई पेश भएको दरखास्त उपर कुनै कारबाही हुने छैन । झुटा विवरण उल्लेख गरी Online मार्फत दरखास्त फाराम भरेमा सो को जवाफदेही दरखास्तवाला स्वयं हुनुपर्नेछ ।

 

धितोपत्र दलाल वा पुँजीबजारसँग सम्बन्धित संस्थामा कार्य गरेको अनुभवलाई विशेष ग्राह्यता दिइने छ ।

 

उम्मेदवारहरूले प्रदान गरेको उत्तरहरूको आधारमा छोटो सूची गरिनेछ । आवेदन स्वीकृत, अस्वीकृत तथा विज्ञापन रद्द गर्ने सम्पूर्ण अधिकार कम्पनीलाई हुनेछ 

 

Source: Merojob


Job Detail Expired

  • Job Type :

    Full Time

  • Salary :

    Not Disclosed

  • Experience :

    2 - 3 (Years)

  • No. of Vacancy :

  • Min. Education :

    Bachelor Degree

  • Last Date to Apply :

    August 23, 2023


Contact Detail

Email :
Website : https://merojob.com/information-technology-officer-12
Mobile :
Alternate Mobile :

Sign In