Deputy Manager (उप-प्रबन्धक-प्रशासन)

Nagarik Stock Dealer Company
Kathmandu, Nepal

उप-प्रबन्धक (तह-)

 

शैक्षिक योग्यता र अनुभव: 

मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन वा वाणिज्यशास्त्र वा मानविकी संकाय अर्न्तगत अर्थशास्त्र मुल बिषय लिई कम्तीमा 55 प्रतिशत वा सिजिपिए 3.00 प्राप्त गरी स्नातकोत्तर तह उत्तीर्ण गरेको वा सि.ए. (कम्तिमा स्नातक तह समेत उत्तीर्ण) उत्तीर्ण गरेको र संगठित संस्था वा पुँजीबजारसंग सम्बन्धित संस्थामा अधिकृत स्तरमा कम्तीमा चार वर्ष काम गरेको अनुभव हासिल गरेको । साथै ICT (Information and Communication Technology) सम्बन्धी ज्ञान भएको ।

 

कार्य भूमिका र जिम्मेवारीहरू:

  • कम्पनीको संचालन महाशाखा प्रमुखको हैसियतमा कम्पनीका आन्तरिक प्रशासन सुचारु रुपले संचालन गर्ने, आर्थिक कारोबारहरु व्यवस्थित रुपमा अभिलेख राख्न लगाउने साथै आवधिक वित्तीय विवरण एवं नियमन निकायले तोके बमोजिमका प्रतिवेदन तयार गर्न लगाई तोकिएको समय भित्रै ती प्रतिवेदनहरु पेश गर्न लगाउने ।
  • कम्पनीको कृयाकलाप संचालनकालागि आवश्यक सामान, कम्प्युटर उपकरण, सफ्टवेयर आदी खरिदका लागि प्रचलित कानून अनुसार खरिद योजना तयार गर्ने र ती सामानहरुको खरिद कार्यमा आवश्यक निर्देशन दिने ।
  • कम्पनीको दिर्घकालिन रणनीति अनुरुप वार्षिक कार्य योजना , नीति तथा कार्यक्रम एवं वार्षिक अनुमानित बजेट तर्जुमा गने ।
  • त्रैमासिक, अर्धवार्षिक, वार्षिक रुपमा बजेट समिक्षा गरी प्रतिवेदन पेश गर्ने ।
  • कम्पनीको आधिकारीक प्रवक्ता भई कम्पनीको कृयाकलापको बारेमा पत्र पत्रिका मार्फत सूचना प्रवाह गर्ने ।
  • कम्पनीले लिएका नीति तथा प्रकृयाहरु परिपालन भए नभएको अध्ययन गरी प्रतिवेदन तयार गर्ने।
  • आफु मातहतका कर्मचारीहरुको कार्य क्षमता, अनुशासन, गुनासाहरुको सही रुपमा विश्लेषण गरी सूधारका उपायहरु अवलम्बन गर्ने ।
  • प्रमुख कार्यकारी अधिकृतको अनुपस्थितिमा निजको जिम्मेवारी वहन गर्ने ।
  • आन्तरिक एवं वाह्य लेखा परिक्षण गर्ने कार्यमा आवश्यक सहजकर्ताको भुमिका निभाउने ।
  • कम्पनीको नियमित कारोबार संचालन गर्दा देखिएका समस्याहरुलाई समाधानका लागि पहल गर्ने।
  • धितोपत्र खरिद विक्री कारोबार संचालन गर्न तोकिएको Trade Room को गोप्यता कायम राख्न Trader हरुको आचरण व्यवहार आदिको अध्ययन गरी आवश्यक सुधार गर्ने ।
  • सुरक्षाका न्युनतम उपकरणहरु जडान, मर्मत संभारमा ध्यान दिई समयमै गर्न लगाउने ।
  • यी वाहेक प्रमुख कार्यकारी अधिकृतले दिएको निर्देशन अनुरुपका कार्यहरु गर्ने ।

 

उम्मेद्वारको उमेरको हद: निवेदन दिने अन्तिम मितिमा अधिकृत स्तर आठौ तहको हकमा २५ वर्ष पुरा भई ४५ वर्ष ननाघेको,।

 

उम्मेदवारको छनौट विधिः  तह ८ को हकमा लिखित, प्रस्तुतिकरण र अर्न्तवार्ता । लिखितमा उत्तीर्ण उम्मेदवारहरुलाई मात्र बाँकी छनौट प्रक्रियामा सहभागी गराईनेछ ।

 

करार अवधिः १ बर्ष, आवश्यकता र कार्यक्षमताको आधारमा थप गर्न सकिनेछ ।

 

कर्मचारीको पारिश्रमिक तथा अन्य सुविधा: कम्पनीको प्रचलित नियमानुसार हुनेछ ।

 

परिक्षाको पाठ्यक्रम, परिक्षा सञ्चालन हुने मिति र परिक्षा केन्द्रः छोटो सूचीमा परेका (Shortlisted) उम्मेदवारहरुलाई ईमेल मार्फत जानकारी गराईनेछ ।

 

आवेदनसाथ पेश गर्नुपर्ने कागजात तथा विवरणहरु: आवेदकले कम्पनीले तोकेको Online दरखास्त फाराममा भर्नुपर्ने सम्पूर्ण विवरण भरी सो साथ तोके बमोजिम कागजातहरुको Scan गरी Attach गर्नुपर्नेछ । रित नपुगेको, आवश्यक न्यूनतम शैक्षिक योग्यता नभई पेश भएको दरखास्त उपर कुनै कारबाही हुने छैन । झुटा विवरण उल्लेख गरी Online मार्फत दरखास्त फाराम भरेमा सो को जवाफदेही दरखास्तवाला स्वयं हुनुपर्नेछ ।

 

धितोपत्र दलाल वा पुँजीबजारसँग सम्बन्धित संस्थामा कार्य गरेको अनुभवलाई विशेष ग्राह्यता दिइने छ ।

 

उम्मेदवारहरूले प्रदान गरेको उत्तरहरूको आधारमा छोटो सूची गरिनेछ । आवेदन स्वीकृत, अस्वीकृत तथा विज्ञापन रद्द गर्ने सम्पूर्ण अधिकार कम्पनीलाई हुनेछ 

 

Source: Merojob


Job Detail Expired

  • Job Type :

    Full Time

  • Salary :

    Not Disclosed

  • Experience :

    4 - 5 (Years)

  • No. of Vacancy :

  • Min. Education :

    Bachelor Degree

  • Last Date to Apply :

    August 23, 2023


Contact Detail

Email :
Website : https://merojob.com/-5108
Mobile :
Alternate Mobile :

Sign In